काठमाडाैं । महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले २२ जनाबाट सात करोडमाथी ठग्ने चन्दन जिन्दललाई पक्राउ गरेको छ ।
जिल्ला झापा दमक न.पा. ०७ कृष्णमन्दिर बस्ने बर्ष २९ को चन्दन जिन्दललाई झापा, बारा, पर्सा, सर्लाही बस्ने बिभिन्न व्यक्तिहरुलाई बिभिन्न बहानामा ठगी फरार रहेको प्रहरीकाे दावी छ ।
उनलाइ सुक्रबार बेलुका भक्तपुरकाे गठ्ठाघरबाट पक्रउ गरेकाे प्रहरीले जनाएकाे छ । निज चन्दन जिन्दल बिरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको छ ।
निज अभियुक्त चन्दन जिन्दलले आफुलाई मनिष अग्रवाल भनेर पनि चिनाउने गरेको । हाल सम्म निजले झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जना व्यक्तिहरुबाट जम्मा :- रु ७,८१,४२,०००।– (सात करोड एकासी लाख बयालीस हजार) बराबर ठगी तथा बैंकिङ कसूर गरेको खुल्न आएको छ ।
सथै नीजले पर्साका बिभिन्न खाद्यान्न व्यापारीहरुलाई बिश्वासमा लिई उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीहरुलाई खरिद मूल्य भन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ भने झापा तिर जमिन र हार्डवयर व्यवसायमा ठगी गरेको बुझिन आएको प्रहरीले जनाएकाे छ ।
जिन्दललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको र थप अनुसन्धान कार्य जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस