aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

बैंकका सीईओको तलब पनि घट्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
बैंकका सीईओको तलब पनि घट्ने

काठमाडौं । कोभिड-१९का कारण बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब भत्तामा पुनरावलोकन हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब र भत्तामा पुनरावलोकन हुने उल्लेख गरेको छ ।

‘कोभिड-१९का कारण बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलबमा पुनरावलोकन हुनेछ’ गभर्नर महाप्रसाद अधिकारीले भने । बैंक तथा वित्तिय संस्थाको बोर्ड भत्तामा समेत कटौती गर्ने मौद्रिक नीतिमा छ ।

वर्ष २०७७/७८ को मौदि्रक नीतिले ठूला बैंकहरुको मर्जर (बिग मर्जर) लाई प्रोत्साहन गर्ने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले बिग मर्जरलाई प्रोत्साहन गर्ने बताएको हो ।

मौदि्रक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मर्जरमा जानेलाई सुविधा दिइने बताए ।

प्रतिक्रिया दिनुहोस