aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कोरोनाका कारण उच्च आर्थिक अनिश्चितता : दक्षिण कोरिया

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
कोरोनाका कारण उच्च आर्थिक अनिश्चितता : दक्षिण कोरिया

 सोल । कोरोनाका कारण विश्वभरी नै अझै केही समय उच्च आर्थिक अनिश्चितताको अवस्था रहने दक्षिण कोरियाले ठहर गरेको छ ।दक्षिण कोरियाको अर्थ मन्त्रालयले तयार पारेको वार्षिक आर्थिक सर्वेक्षण प्रतिवेदनमा आगामी केही समय आर्थिक अनिश्चिततामा वित्ने उल्लेख गरिएको छ ।

 “ग्रिन बुक” भन्ने गरिएको सो प्रतिवेदनमा उत्पादन, वितरण र उपभोगमा प्रत्यक्ष असर परिरहने अनुमान गरिएको छ । विश्वभरी नै आम नागरिकको आर्थिक अवस्था खस्कीएकाले माग पनि कम हुने र उत्पादन तथा ढुवानीमा पनि कमी आउने अध्ययनकर्ताको विश्लेषण छ । धेरै नागरिकले रोजगारी गुमाएकाले उनीहरुको दैनिकीमा प्रत्यक्ष असर पर्ने र त्यसले समग्र आर्थिक क्षेत्रलाई नै प्रभावित पार्ने मन्त्रालयले जनाएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस