aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

सिमेन्टपछि अब डण्डीको कारोबार पनि उधारो नहुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
सिमेन्टपछि अब डण्डीको कारोबार पनि उधारो नहुने

काठमाडौं । सिमेन्ट पछि स्टिल उद्योगीले पनि उधारोमा सामान नबेच्ने निर्णय गरेका छन् । सिमेन्ट उद्योगीले उधारोमा सिमेन्ट नबेच्ने निर्णय गरेको भोलिपल्ट स्टिल उद्योगीले उधारोमा डण्डी तथा छड नबेच्ने निर्णय गरेका हुन् । 

उधारो दिने प्रतिस्पर्धा रोक्न र नगदमै कारोबार बढाउन नेपाल स्टिल रोलिङ मिल्स् एसोसिएसनमा आवद्ध सम्पूर्ण सदस्यहरूले उधारोमा सामान नबेच्ने निर्णय गरेका हुन् । कोरोनाका कारण बजारबाट उठ्नुपर्ने पैसा नउठेको, नउठ्ने सम्भावना झन बढेपछि एसोसिएसनमा आवद्ध सम्पूर्ण सदस्यहरुले अब उधारोमा सामान नबेच्ने निर्णयमा पुगेका हुन् । 

अब उप्रान्त नगद, एलसी र बैंक ग्यारेन्टी लिएर मात्रै सामान बेच्नुपर्ने निर्णय गरिएको एसोसिएसनले बताएको छ । यसैगरी पुरानो उधारोलाई पनि विस्तारै घटाउँदै लैजाने निर्णय भएको छ ।  एसोसिएसनका सम्पूर्ण सदस्यहरुबीच वेविनारमा भएको छलफल पछि यस्तो निर्णय गरिएको हो । यो निर्णय भोलिबाटै कार्यान्वयनमा आउने छ । स्टिल उद्योगको मात्रै बजारमा ३० अर्ब रुपैयाँ भन्दा बढी उधारो उठ्न बाँकी छ ।
 

प्रतिक्रिया दिनुहोस