aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

योगदानमा आधारित सामाजिक सुरक्षामा मात्र ६४ अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
योगदानमा आधारित सामाजिक सुरक्षामा मात्र ६४ अर्ब

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न रु ६४ अर्ब ५० करोड विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आर्थिक वर्ष २०७६÷०७७ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षदेखि शुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई फराकिलो बनाउँदै लैजाने बताए । 

योगदानकर्तालाई सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ । सरकारले सबै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने भन्दै चालू आवमै ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’को शुभारम्भ गरिसकेको छ । 

रोजगारदाता र योगदानकर्ता सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने क्रममा रहेका छन् । सरकारले असार मसान्तसम्म कोषमा सूचीकृत हुनसक्ने व्यवस्था गरेको छ । आगामी साउन १ गतेदेखि योगदानकर्ताको रकम सङ्कलन गर्नेगरी काम भइरहेको कोषले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस