
काठमाडौं । शनिबार देशका अधिकांश भागमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ । पूर्वानुमान महाशाखका अनुसार प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
आइतबारदेखि ८ गतेसम्म मुलुकका विभिन्न भू-भागमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सक्रिय भएको जेठ ३० देखि असार ३० गतेसम्म पहिरोका कारण धनजनको क्षति धेरै भएको स्पष्ट पार्दै अब आउने मनसुनका कारण बाढीसँंगै तराईका जिल्ला डुबान हुन सक्ने जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस