aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

उपत्यकामा बाढीको खतरा, सावधान रहन सूचना जारि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ साउन २०७७
उपत्यकामा बाढीको खतरा, सावधान रहन सूचना जारि

काठमाडौँ । लगातारको वर्षाको कारण काठमाडौं उपत्यकाका विभिन्न नदी/खोलामा पानीको सतह बढेपछी सतर्कताको लागि सरकारले अनुरोध गरेको छ । बाढी पूर्वानुमान महाशाखाले पानीको बहाव  बढ्दो रहेकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन अनुृरोध गरेको हो।

शनिबार बिहान महाशाखाले जारी गरेको अलर्ट (सूचना) अनुसार पछिल्लो ३ घण्टामा उपत्यका (काठमाडौं) धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको मापन गरिएको छ।

अहिले उपत्यकाका विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खुलगायत नदी/खाेलामा बहाव बढ्दो छ। त्यसकारण अरू ३ घण्टा सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस