aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मदिरा बादशाह माल्या जेल जानबाट बच्ने अन्तिम उपया

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ साउन २०७७
मदिरा बादशाह माल्या जेल जानबाट बच्ने अन्तिम उपया

एजेन्सी । भारतीय व्यवसायी मदिरा बादशाह उपनाम पाएका विजय माल्याले आफैंलाई बचाउने अन्तिम तरीकाका रूपमा सेटलमेन्ट प्याकेज प्रस्तुत गरेका छन्। माल्याको विभिन्न बैंकहरुलाई १३,९६० करोड रुपैयाँ भारुलाई सेटलमेन्ट गरेर भारतीय बैंकको लिलामीबाट बच्न चाहान्छन् । उनको सम्पत्तिको लिलामीबाट बच्नका लागि उनीसँग रहेको अन्तिम विकल्प हुन सक्छ । 

भारतमा प्रत्यर्पण गर्नबाट जोगिन विजय माल्यासँग कुनै कानुनी तरिका छैनन । सेटलमेन्ट प्याकेज उनको लागि आशाको अन्तिम किरण हो। गत महिना, विजय माल्याले प्रत्यर्पणको बिरूद्ध मुद्दा हारेका थिए । अब उनलाई फेरि ब्रिटिश सर्वोच्च अदालतमा अपील गर्न अस्वीकार गरिएको छ । 

टाइम्स अफ इण्डियाको समाचारका अनुसार विजय माल्याका वकिलले सर्वोच्च अदालतलाई बैंकहरुलाई सेटलमेन्ट ब्यवस्था प्याकेज दिने वाचा गरेका छन् ।  यसमा, वकिलले यो सम्झौता प्याकेज कति हो भनेर भने भनेका छैनन । तर, गत महिना दायर गरिएको निवेदनमा उनले १३,९६० करोड भारु रुपैयाँ सेटलमेन्ट प्याकेजको बारेमा कुरा गरेका छन । 
 

प्रतिक्रिया दिनुहोस