
काठमाडौं । देशभर गत २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस (कोभिडरू१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा गरिएको नियमित पत्राकार सम्मेलनमा मन्त्रालयका डा. जागेश्वर गौतमले दिएक हुन् । आज थपिएसँगै नेपालमा कोरोनाभाइरसबाट कुल संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १०३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६३६ पुगेको छ ।
तीमध्ये ११,६३७ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ४० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ ।
शुक्रवार १०१ जनामा थप सङ्क्रमण पुष्टि भएको थियो । गत साता शुक्रवार ७० र शनिवार ८२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ ।
विगत २४ घण्टामा १०३ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता गाैतमले जानकारी दिएका छन् ।
उनका अनुसार अहिले सङ्क्रमण भएका कुल ५,८२५ मानिस देशभरि आइसोलेशनमा छन् ।
प्रतिक्रिया दिनुहोस