aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

१८ लाख र साँढे ५ तोला सुन ठगी गर्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ साउन २०७७
१८ लाख र साँढे ५ तोला सुन ठगी गर्ने पक्राउ

काठमाडौं  । नगद तथा सुन ठगी गरेर फरार रहेको अभियोगमा २ जनालाई काठमाडौं टोखा नगरपालिका-८ बानियाँटारबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर बताउने २६ वर्षीय श्रीकृष्ण बस्नेत र सोही ठाउँ बस्ने २२ वर्षीया पिंकी तामाङ रहेका छन् । 

धादिङ गंगाजमुना गाउँपालिका-७ घर भएका २८ वर्षीय पुरूषसँग गत असार ९ गते काभ्रेपलाञ्चोक बनेपाबाट डलर साटीदिन्छु भन्दै नगद १८ लाख रुपैयाँ र साँढे ५ तोला सुन लिई ठगी गरी फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोक पठाइएको छ । त्यस्तै, पोखरा महानगरपालिका-२६ भिमशेन थान डेरा गरी बस्ने स्याङ्जा वालिङ नगरपालिका-४ घर भएकी ७४ वर्षीया थमती गुरुङको आधा तोलाको सुनको मारवाडी र औंठी तथा नगद २० हजार रुपैयाँ शुक्रबार राति लुटपाट भएको छ ।

बार्दलीमा सुतिरहेको अवस्थामा ३ जना व्यक्तिहरु आई धारिलो हतियार देखाई उनको साथमा रहेको उक्त सुन र नगद लुटपाट गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस