aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

लागूऔषधको बोरामा १५ लाख ४४ हजार नक्कली नोट बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ साउन २०७७
लागूऔषधको बोरामा १५ लाख ४४ हजार नक्कली नोट बरामद

काठमाडौं । प्रहरीले १५ लाख ४४ हजार चार सय बराबरको नक्कली नेपाली नोट बरामद गरेको छ । लागूऔषध कारोबार गर्नेबाट पाँच सय र पचास दरको १ लाख ८३ हजार ६ सय ५० बराबरको भारतीय नोट पनि भेटिएको प्रहरीले जनाएको छ । प्लाष्टिकका बोराहरु खानतलासी गर्दा नक्कली नोटहरु बरामद  गरेको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरोले चलाएको अपरेशनमा बाराको महागढीमाई नगरपालिका–२, बरियापुरबाट पक्राउ परेका तीन लागूऔषध कारोबारीको साथमा नक्कली नोट बरामद भएको हो ।

पक्राउ पर्नेमा भारतको मोतिहारीका सुधिरकुमार कुशहवा, बाराका मनोज शाह तेली र नरेन्द्रप्रसाद कुशहवा रहेका छन् । उनीहरुलाई ना ५४ प ३८०५ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस