aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

फोन हरायो ? दुखी नहुनुहोस्, प्राधिकरणले भेट्टाईदिन्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ साउन २०७७
फोन हरायो ? दुखी नहुनुहोस्, प्राधिकरणले भेट्टाईदिन्छ

काठमाडौं । मोवाईल सेट भेट्दा धेरै मानिस खुसी हुन्छन् । झन् महँगो र ब्राण्डेड सेट रहेछ भने त कुरै बेग्लै । तर, अब भेटिएको सेट प्रयोग गर्ने वा विक्रि गर्नेलाई कानुनी कारवाही हुने भएको छ ।  त्यसैगरि, फोन हराउँदा धेरै मानिसहरु दुखी बन्छन् । अब त्यो पीर पनि हट्ने भएको छ । किनकी दुरसञ्चार प्राधिकरणले सबैका लागि फोन ट्रयाकिङ्ग सेवा उपलब्ध गराएको छ । 

नेपाल दरसञ्चार प्राधिरणले सुचना जारी गर्दै हराएको वा भेट्टाएको सेटबारे प्राधिकरणलाई जानकारी गराउन अनुरोध गरेको छ । प्राधिकरणले जारी गरेको सूचना अनुसार यदि तपाईको मोवाई फोनसेट हराएको छ भने प्राधिकरणको वेबसाइड www.nta.gov.np मा उपलब्ध वेबलिकं https://eir.nta.gov.np/main/individual/track मा गई निवेदन गर्न सकिनेछ ।  

त्यस्तै, कसैले मोवाईल सेट भेट्टाएमा तुरुन्त जसको फोनसेट हो सोहि व्यक्तिलाई वा नजिकको नेपाल प्रहरीको कार्यालयमा वा प्राधिकरणमा जानकारी गराइ फिर्ता गर्न भनिएको छ । तर, यदि कसैले त्यस्तो भेट्टाएको फोनसेट सम्बन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिले विक्रि गरेको वा कसैले खरिद गरेको पाइएमा अब सहजै मावाईल ट्रयाकिङ्ग गर्न सकिने भएकाले त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । 

प्राधिकरणले उपलव्ध गराएको मोवाईल ट्राकिङ्गको सेवा प्रयोग गर्न, हराएको फोनसेट भेट्टाएमा फिर्ता गर्न र त्यस्तो फोनसेट कसैले पनि खरिद गरि प्रयोग नगर्न अनुरोध सहित सूचना जारी गरेको छ । 

कसरी हुन्छ फोनसेटको पहिचान ? 
मोवाईल फोनसेटको पहिचानका रुपमा हरेक मोवाईल फोनसेट (इनटरनेशनल मोवाईल इक्यूपमेन्ट आईडेनटी–आइएमई, इलेकट्रोनिक सिरियल नम्बर– ईएनएस र  मोवाईल इक्यूपमेन्ट आईडेनटी–मेडहरु रहेका हुन्छन् । प्राधिकरणको सिफारिसमा मात्र नेपालमा मोवाईल फोनसेटहरु आयत गरिन्छ । नेपालमा आयात भएका सबै मोवाईल फोनसेटहरुको रेकर्ड नेपाल दुरसञ्चार प्राधिकरणसंग रहेको हुन्छ भने नेपालमा प्रयोग भइरहेका सबै मोवाईल फोन सेटको रेकर्ड प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दुरसञ्चार सेवा प्रादायकहरुसंग रहेको हुन्छ । त्यसैले कुनै पनि व्याक्तिले हराएको मोवाईल फोनसेट ट्रयाकिङ्ग गर्नमा लागि प्राधिकरणले ट्रयाकिङ्ग सेवा उपलब्ध गराएको छ । 

प्रतिक्रिया दिनुहोस