aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 
अख्तियार

दुई विशिष्ट श्रेणीका राष्ट्र सेवक कर्मचारीसहित २०८ कारवाहीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ साउन २०७७
दुई विशिष्ट श्रेणीका राष्ट्र सेवक कर्मचारीसहित २०८ कारवाहीमा

 काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा २ सय ८ जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ । आयोगले दुई विशिष्ट श्रेणीको कर्मचारीसहित २ सय ८ जनालाई कारवाही प्रक्रिया अघि बढाएको हो । गत आवमा आयोगले  २ सय ७७ लाई घुस तथा रिसवतमा कारवाही गरेकोमा २ सय ८ जना राष्ट्र सेवक कर्मचारी भएको तथ्यांक सार्वजनि गरेको हो ।   

अख्तियारको कारवाहीमा १४ जना जननिर्वार्चित/ मनोनित पदाधिकारी सहित ५५ जना विचौलिया/परियार रहेका छन् । यसरी कारवाहीमा पर्ने कर्मचारीमा १ सय १० जना अप्राविधिक रहेका छन् भने ४४ जना प्राविधिक रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ । कारवाही पर्नेमा ४८ जना प्रहरी, ६ जना शिक्षक र १ जना अदालतसँग सम्बन्धित व्यक्ति रहेका छन् । 

उजुरी बढ्यो

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्नेको संख्या बढेको छ । अघिल्लो आवमा आयोगमा जम्मा २४ हजार ८५ ले उजुरी गरेका थिए । गत आवमा सो उजुरीकर्ताको संख्या ८ सय ५ ले बढेर २४ हजार ८ सय ९० पुगेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।  

गत आवमा परेका उजुरीमध्य १६ हजार ५  सय ८६ उजुरी फछर्यौट भएका छन् भने ४ सय ४१ वटा उजुरी कैफियत देखिएर अदालतमा मुद्दा दायरा गरिएको छ । आयोगले यस अवधिमा १ हजार १ सय १४ विस्तृत अनुसन्धान गएका हुन् । 

प्रतिक्रिया दिनुहोस