aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

होला त चीन–अमेरिकाबिच युद्ध ? यस्तो छ चिनियाँको भनाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ साउन २०७७
होला त चीन–अमेरिकाबिच युद्ध ? यस्तो छ चिनियाँको भनाई

अहिले अमेरिका र चीनबिचको तनाव कुन मोडमा जाने हो भन्ने सर्वत्र चिन्ता छ । धेरैले सैन्य युद्ध नभए पनि नयाँ सित युद्ध चाहिँ लामो समय रहने अनुमान गरेका छन् । अमेरिकी टिप्पणी र त्यस विरुद्ध चीनको प्रतिक्रिया हेर्दा कुनै पनि बेला अकल्पनीय सङ्ग्राम शुरु हुने सम्भावनालाई नकार्न सकिँदैन । 

अमेरिकीहरू निकै आक्रामक ढङ्गले चीनविरुद्ध प्रपोगाण्ड गरिरहेका छन् । यता, चीन भने कसरी सोच्दै छ भन्ने धेरै खुलेको छैन । यसैबिच चीनको सरकार नियन्त्रित सञ्चारमाध्यम ग्लोबल टाइम्सका प्रधान सम्पादक हु सिजिनले के चीन र अमेरिकाबिच युद्ध होला त भन्ने प्रश्नको जवाफ लेखेका छन् । 

उनका अनुसार पहिलो, चीन र अमेरिकाबिच रणनीतिक पारस्परिक विश्वास लगभग टुटेको गएको छ । यस बेला अमेरिकाले चीनको नजिकको छिमेकमा आफ्नो सैन्य उपस्थितिलाई सुदृढ बनाएको छ । यसरी चीन र अमेरिका बिच सैनिक युद्धको जोखिम विगतको तुलनामा बढेको छ । यदि त्यस्तो अवस्था देखा पर्‍यो भने, शान्तिपूर्ण ढङ्गले यो सम्बन्ध र जोखिमलाई यसलाई नियन्त्रणमा राख्नु वा यसलाई शान्तिपूर्ण तरिकाले ब्यवास्त्र्हापन गर्नु राजनीतिक रूपमा गाह्रो हुन्छ ।

दोस्रो, चीन वा अमेरिका दुवै पक्षले सैन्य द्वन्द्व चाहँदैन । यद्यपि दुवै सेनाले सबैभन्दा खराब अवस्थाको लागि तयारी गरिरहेको छ ।  न त सैन्य शक्तिको प्रदर्शन गर्ने नै कुनैको चाहन छ । त्यसैले दुवै पक्षहरूका लागि जोखिमहरू कम गर्न र सैनिक संकटबाट बच्नको लागि ठाउँ छ ।

तेस्रो, चीनको प्रकृति नै शान्ति प्रिय छ । आफ्नो आधिपत्य स्थापना गर्ने र अमेरिकालाई प्रतिस्थापन गर्ने कुनै महत्वाकांक्षा चीनको छैन । चीनले प्रशान्त महासागर वा हिन्द महासागरमा गएर अमेरिकी हितलाई कुनै चुनौती दिनेछैन । चीनको गहन र ऐतिहासिक निष्कर्ष यो छ कि झगडालु राज्य अन्ततः नाश हुन्छ। चीन एक सतर्क, सावधान र जिम्मेवार देश हो ।

चौथो, चीनको आफ्नो मुख्य चासोको विषय धेरै छैन। चीनको राष्ट्रिय स्वार्थको परिभाषा यति सीमित छ कि ती  सबै आफ्नो ढोकाको सँघारमा अर्थात् अति नै  नजिक छन् । तर यदि चीनलाई एक महान् शक्तिको रूपमा गम्भीर सैन्य उत्तेजनाको प्रतिकार गर्न बाध्य पारियो भने हामी चुनौती लिने बाहेक केही सोच्न छैन । चीनले त्यो स्वीकार गर्ने छ र निश्चित रूपमा अमेरिकालाई आफ्नो ढोकामा हराउनेछ। जब हामी चीनको मूल हितको रक्षा गर्न मानिस र स्रोत परिचालन गर्ने क्षमताको कुरा गर्छौँ, जब अन्त्यसम्म लड्ने इच्छाको कुरा आउँछ, वाशिंगटनलाई बेइजिङसँग तुलना गर्न गाह्रो हुन सक्छ । वाशिंगटनलाई यो कुरा हामीलाई भन्दा राम्ररी थाहा छ ।

यद्यपि मलाई थाहा छैन कि अमेरिका र चीन सम्बन्धमा सबैभन्दा कमजोर स्थिति के हुन सक्छ ।  तर, मलाई थाहा छ कि चीनको स्पष्ट सिद्धान्त छ जसले अमेरिका जस्ता सर्वत्र आधिपत्य जमाउन खोज्नेलाई चीनको वरिपरि घुम्दा सतर्क बनाउँछ । फेरी पनि, मलाई आशा छ कि चीन र अमेरिकाले सबै दुर्घटनाहरू राम्रोसँग व्यवस्थापन गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस