aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चीनमा १६ जनामात्र काेराेना संक्रमित भेटिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ साउन २०७७
चीनमा १६ जनामात्र काेराेना संक्रमित भेटिए

एजेन्सी । चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट सङ्क्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् ।  स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएको छैन । 

“पछिल्लो १३ दिनसम्ममा बेइजिङ्मा कुनै पनि नयाँ सङ्क्रमित भेटिएका छैनन् भने शनिबार १३ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन्,” एक अधिकारीले भने । यसैबीच चीनमा देशभरी पछिल्लो २४ घण्टामा १६ जना मात्र सङ्क्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा सङ्क्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका सङ्क्रमित हुन् । 

जोन हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म एक करोड ४२ लाख ४१ हजारभन्दाबढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।  

त्यसैगरी कोरोनाभाइरसकै कारण विश्वभरी अहिलेसम्म छ लाख एक हजार ४५५ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस