
काठमाडौं । सरकारले मुस्ताङको नेचुंग र ताप्लेजुङ्गको ओलांगचुंगगोलामा भन्सार कार्यालय बनाउने भएको छ । बुधबार सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट बक्तव्य मार्फत देशका विभिन्न स्थानमा भन्सार कार्यालय,प्रदर्शनी स्थल सहितको सुख्खा बन्दरगाह बनाउने घोषणा गरेका हुन ।
चोभारमा अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल सहितको सुख्खा बन्दरगाह, रसुवागढीको सुख्खा बन्दरगाह र भैरहवा तथा नेपालगंजको अन्तर्राष्ट्रिय चेकपोष्ट निर्माण कार्य शुरु गरिनेछ। मुस्ताङको नेचुंग र ताप्लेजुङ्गको ओलांगचुंगगोलामा भन्सारको पूर्वाधार विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ। उत्तर तर्फका अन्य व्यापारिक नाकाहरुमा समेत पूर्वाधार विकास गरिने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस