aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

के अमेरिकी डलर ढल्दा बेलायती पाउण्ड टिक्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ साउन २०७७
के अमेरिकी डलर ढल्दा बेलायती पाउण्ड टिक्ला ?

कोरोना महामारीसँगै शुरु भएको विश्वव्यापी आर्थिक मन्दीले अमेरिकी डलरको एकक्षत्र राजलाई अन्त्य गर्ने लगभग निश्चित छ । विगत देखिको गलत आर्थिक परिचालन र कोभिड १९ का लागि राहत वितरण गर्ने भन्दै अत्यधिक मुद्रा छपाई गरेका कारण डलरले आफ्नो मूल्य गुमाउने देखिएको छ । 

अन्तर्राष्ट्रिय मुद्राबारे अध्ययन गरिरहेका विशेषकहरूले अहिले अर्को विषयमा मन्थन शुरु गरिसकेका छन् । त्यो के हो भने–अब डलरलाई कुन मुद्राले प्रतिस्थापन गर्ला ? के स्टेरिङ पाउण्डले डलरको अभिभारा प्राप्त गर्ला ? यो टिप्पणी यसै विषयमा केन्द्रित छ । 

विश्वव्यापीकरणको अन्त्य अपरिहार्य देखिएको बेला यदि कसैले डलरको बोलाबाला विगतको झैँ रहन्छ भन्ने कल्पना गर्छ भने त्यस्तालाई दृष्टिविहीन भने हुन्छ । यो किन भनिएको हो भने विश्वव्यापीकरण २७ ट्रिलियन डलर छरिएर रहेको छ । यसरी सुरक्षण, बिल र नगदको रूपमा रहेको यो मात्रा अमेरिकाको जिडिपीको लगभग १२५ प्रतिशत हो । 

अमेरिकी डलरको यो खराब स्थितिले विश्वव्यापीकरण बैंकिङ्ग संकट र आर्थिक मन्दी सिर्जना गर्ने देखिन्छ । विश्व अहिले मौद्रिक प्रणाली नै ध्वस्त बनेको अवस्था हेर्ने सँघारमा पुगेको छ । अमेरिकी डलरबाट शुरु हुने यो घटनाले मुद्राको विश्वसनीयतालाई कहाँ पुर्‍याउने हो त्यो भने हेर्न बाँकी नै छ । 

तर, अहिले उठेको प्रमुख प्रश्न यही हो की अमेरिकी डलरको भविष्यमा ठेस लाग्दा विश्वका अन्य शक्तिशाली मुद्राको स्थिति के हुन्छ ? सहज अनुमान यो हो की त्यही नियति अरूले पनि भोग्नेछन् । किनकि डलरको दुरावस्था आउँदै गरेको संकेत पाउँदा समेत पाउण्ड लगायतका मुद्राहरूले आफूलाई बलियो र सुरक्षित बनाउने नीतिहरू अवलम्बन गरेका छैनन् । 

डलरको अभिभारा बोक्ने स्थितिमा स्टेन पाउण्ड छ या छैन भन्ने कुराको निर्क्योल गर्न बेलायतको प्रशासनिक र बैंकिङ्ग क्षेत्रबिचको सामजस्यतालाई हेर्नुपर्ने हुन्छ । बेलायतको मौद्रिक नीति निर्देश गर्ने वेस्ट मिनिस्टर र केन्द्रीय बैंक, बैंक अफ इङ्ल्याण्डबिच रहेको शक्ति संघर्ष निर्णायक बन्छ । जबसम्म मौद्रिक संकट उत्पन्न हुँदैन तबसम्म बेलायती सरकारले गभर्नरलाई छुन सक्दैन । 

उता, बैंकक इङ्ल्याण्ड त्यहाँको सरकार भन्दा पनि अमेरिकी केन्द्रीय बैंक र अन्य अन्तर्राष्ट्रिय बैंकहरुसंग नजिक छ । उसले अघि सार्ने नीतिहरू बेलायतको राष्ट्रिय स्वार्थलाई भन्दा अरूको हितलाई केन्द्रमा राख्ने गरेको आरोप छ ।

अहिलेको परिदृश्य कस्तो छ भने पाउण्ड पनि डलरसंगै सजिलो सम्भावना देखिन्छ । किनभने अहिलेको संकटबाट आफूलाई निकै नै सुरक्षित राख्न सफल चीनसँग बेलायतले सहज सम्बन्ध विस्तार गरिरहेको छैन । उता, युरोप कै अर्को महत्त्वपूर्ण अर्थतन्त्र रसियासँग अनेकौँ कुरामा निहुँ खोजेर बेलायतले सम्बन्ध बिगारिरहेको छ । 

उता, चीनले भने यसबिच आफूलाई संकटबाट मात्र टाढा राखेको छैन की डलरलाई उडाउनेगरि आउने आँधीको बाछिटाले समेत नभेटोस् भनेर आफूलाई सुरक्षित गरेको छ । भौतिक पुर्वाधर विशेषगरि दुरसञ्चार, सडक र यातायात क्षेत्रमा आफ्नो लगानी केन्द्रित गरेको चीन युआनको बजार मूल्य आफ्नो अनुकूलता राख्न सफल छ । चीनले पैसा खन्याएर नागरिकको उद्धार गर्नुपर्ने अवस्था छैन । न त सरकारी खर्च नियन्त्रणमा नै समस्या छ । 

यससँगै सुनको कारण पनि मुद्राहरूको शक्ति र  स्थिति निर्धारण हुने हुँदा डलर र स्टेरिङ पाउण्ड कमजोर बन्ने देखिन्छ । किनकि यदि चीनले डलरको साटोमा सुनको भुक्तानी माग्ने हो भने त्यो थेग्न सक्ने अवस्थामा अमेरिका छैन । न त  आफ्नो जिडिपी भन्दा ३.६ गुणा बढी अर्थात् ८.१२ ट्रिलियन पाउण्ड भुक्तानीको अभिभारा बोकेको बेलायत नै त्यो गर्ने सम्भव छ । 

समग्रमा भन्नुपर्दा जसरी अमेरिकी डलरले आफ्ना दुखद दिनहरूको प्रतीक्षा गरिरहेको छ ठिक त्यसैगरि स्ट्रलिङ्ग पाउण्डले पनि त्यही नियति भोग्नु पर्ने देखिन्छ । विश्वव्यापी रूपमा बैंकिङ्ग प्रणालीमा संकट आउँदा त्यसलाई कसरी थेग्ने भन्नेबारे अहिले उदासीन बसेको वेस्ट मिनिस्टर र बैंक अफ इङ्लयाण्डका कारण पाउण्डको पनि पतन अपरिहार्य बन्दै छ । यस्तो अवस्थामा अमेरिकी डलरले आफ्नो साख गुमाउँदा त्यसको लाभ लिने वा वैश्यिक मुद्राका रूपमा बिँडो थाम्ने कल्पना बेलायती मुद्राले गर्ने स्थिति छैन । 

प्रतिक्रिया दिनुहोस