काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर लगानीकर्ताहरुको माग सम्बोधन गरेका छन् । लामो समयदेखि पुँजीगत लाभकर घटाउन माग गरिरहेका लगानीकर्तालाई राहत दिँदै अर्थमन्त्री खतिवडाले बजेटमार्फत ७ दशमलव ५ प्रतिशत कायम गर्ने बताएका छन् ।
साथै अनलाईनमार्फत सबै प्रकारका धितोपत्र तथा ऋणपत्रको कारोबार गर्न सुरक्षित र पारदर्शी बनाईने भएको छ । सरकारी ऋणपत्र खरिद र बिक्री गर्न पनि अनलाईन प्रणाली विकास गरिने भएको छ । निश्चित रकमभन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरुको प्यानसहितको विवरण नेप्से तथा सिडिएससी राफसाफ प्रणालीमा आबद्ध गरिने भएको छ ।
गैरआवासीय नेपालीले दोस्रो बजारमार्फत पनि लगानी गर्न सक्ने गरी पुँजीबजारलाई फराकिलो बनाईने डा. खतिवडाले बताएका हुन् । ट्रष्टी ऐन तर्जुमा गरी सामूहिक लगानी कोष, सेयर अभौतिकीकरण र सिडिएससीलगायतका कार्य पनि व्यस्थित गरिने भएको छ । आजको नयाँ पत्रिका दैनिक समाचार प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस