aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

कसले चोर्यो टिचिङ अस्पतालको खाताबाट साढे १६ करोड ?

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • सोमबार, ०५ साउन २०७७
कसले चोर्यो टिचिङ अस्पतालको खाताबाट साढे १६ करोड ?

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ हराएको छ।

अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो।

प्रकाशित समाचार अनुसार सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ बैंक मौज्दात छ।

बैंकमा १६ करोड ४४ लाख आठ हजार रुपैयाँ घटी देखिएको छ। घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
 

प्रतिक्रिया दिनुहोस