aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बजेटमा देखिएन शैक्षिक सुधारको प्रयास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
बजेटमा देखिएन शैक्षिक सुधारको प्रयास

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गरेको बार्षिक बजेटमार्फत शिक्षा सुधार गर्न विद्यालयमा गणित, अंग्रेजी र विज्ञानका स्वयंसेवक शिक्षक परिचालन गर्ने सरकारी निर्णय सार्वजनिक गरेका छन् । सो कार्यका लागि सरकारले १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ । 

सार्वजनिक विद्यालयमा विज्ञान, अंग्रेजी र गणितका शिक्षकको अभाव हुने गरेकाले पठनपाठन भईरहेको हुँदा सार्वजनिक शिक्षामा सुधार हुन नसकेकाले यस वर्षदेखि स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई यी तीनै विषयमा स्वयंसेवक शिक्षकका रुपमा परिचालन गर्ने नीति सरकारले तय गरेको मन्त्री खतिवडाले बताए । यस वर्षको कुल बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रहेकोमा शिक्षा क्षेत्रमा १० दशमलव ६८ प्रतिशत मात्र रहेको छ ।

यस वर्ष शिक्षा क्षेत्रको बजेट एक खर्ब ६३ अर्ब ७६ करोड छ भने गत वर्ष एक खर्ब ३४ अर्ब ५० करोड थियो । गत वर्षभन्दा यो वर्ष शिक्षा क्षेत्रमा करिब २९ अर्ब बजेट बढेको भएपनि प्रतिशतमा शून्य दशमलव ४२ प्रतिशतले मात्र बृद्धि हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य सुधार हुन नसक्ने शिक्षाविद्हरु बताउँछन् । 

बजेटले सार्वजनिक शिक्षा सुधार गर्न राष्ट्रपति शैक्षिक सुधार कोष स्थापना गरी अघि बढ्ने नीति लिएको छ । यस कार्यक्रममार्फत विद्यालयको पूर्वाधार विकास, पुनर्संरचना, गुणस्तरीय पाठ्यपुस्तक, शिक्षक पर्याप्तता, शैक्षिक सामग्रीकोव्व्यवस्थापन, प्रयोगशाला, खेल मैदानको व्यवस्थापन, प्रत्येक विद्यालय एक खेलकुद शिक्षकको थालनी गर्ने भन्दै राष्ट्रपति शैक्षिक सुधार कोष कार्यक्रमका लागि ५ अर्ब रकम सरकारले छुट्याएको अर्थमन्त्री खतिवडाले बताए । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस