aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ट्रम्पले फेरी गरे अर्को उट्पट्याङ दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ साउन २०७७
ट्रम्पले फेरी गरे अर्को उट्पट्याङ दाबी

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमणको मृत्युदर सबैभन्दा कम रहेको बताएका छन्। फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा उनले देशमा धेरै परीक्षण भइरहेकाले कोरोना संक्रमणको संख्या पनि बढिरहेको बताए। 

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ३७ लाख ६२ हजार ८१ पुगेको छ भने १ लाख ४० हजार ४ सय ७४ जनाको मृत्यु भइसकेको छ। अमेरिकामा ११ लाख ३१ हजार १ सय २१ जना संक्रमणमुक्त भएका छन्।

अमेरिकाका दक्षिणी राज्यमा हाल संक्रमण तीव्र रुपमा फैलिइरहेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट हुने मृत्युदरमा अमेरिका विश्वको सातौं मुलुकमा पर्छ। 

जोन होपकिन्सका अनुसार संसारभरी ६ लाखभन्दा बढीको मृत्यु भइसकेको छ र मृत्यु हुनेमा एक चौथाई व्यक्ति अमेरिकी छन् । अमेरिकाको दक्षिणी राज्यमा संक्रमितको संख्या अत्यधिक वृद्धि भइरहेको छ  ।

प्रतिक्रिया दिनुहोस