
काठमाडौँ । बंगलादेशमा कोरोना टेस्टमा निकै ठुलो घोटाला भएको विषय बाहिर आएको छ । बिबिसीका अनुसार बंगलादेशको स्वास्थ्य विकास प्राधिकरणले दिएका अपडेट एकाएक घटेपछि भएको अनुसन्धानमा अस्पतालहरुले परिक्षण नै नगरीकन रिपोर्ट निगेटिभ आएको खुलासा भएको छ ।
यस प्रकरणमा ढाकाको एक अस्पतालका मालिकसहित १२ भन्दा बढीलाई गिरफ्तार गरिएको छ । उनीहरुलाई टेस्ट नै नगरी निगेटिभ रहेको रिपोर्ट दिएको आरोप लागेको छ ।
जुनको अन्तिमसम्म बंगलादेशमा हरेक दिन १८ हजार परिक्षण गरिएकोमा अहिले योसख्या १० हजारमा झरेको छ ।
टेस्ट नै नगरी निगेटिभ रिपोर्ट दिएको यो घटना सार्बजनिक भएपछि अब आम जनतामा अहिले भइरहेको परिक्षणमा आशंका उत्पन्न भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
बंगलादेशमा अहिलेसम्म २ लाख ४ हजार ५२५ जना संक्रमित भएका छन् भने २ हजार ६१८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस