aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पपुलिस्ट बजेट : अनुशासनमा  विचलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
पपुलिस्ट बजेट : अनुशासनमा  विचलन

काठमाडौं । वित्तिय अनुशासन कायम गर्नै प्रयासबाट पछि हट्दै अर्थमन्त्री  डा.युवराज खतिवडाले  यसपाली  बितरणमुखि बजेट सार्वजनिक गरेका छन् । 
निर्वाचन क्षेत्रका नाममा सांसदलाई दिने रकम बृद्धि , अनुत्पादक भनिएको बृद्धभत्ता थप, महंगीलाई सघाउन कर्मचारीको तलब बृद्धि, गरिब, कृषक र युवा लक्षित लोकप्रिय राजनीतिक कार्यक्रम बुधबार सार्वजनिक बजेटमा छन् ।  वाम घोषणापत्रका एजेन्डालाई वेवास्ता र खर्च गर्ने  क्षमताको अभावमा पनि बजेटको आकार वृद्धि गरेका छन् । 

अघिल्लो बजेटको लक्ष्य प्राप्त गर्न नसकेर संशोधन गरेका अर्थमन्त्री खतिवडाले  २८ प्रतिशतले बजेटको आकार बढाएर १५ खर्ब ९६ करोड ७१लाख रुपैयाँ पु¥याएका छन् ।  यो बजेटका लागि ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ राजस्वबाट जुटाउने लक्ष्य लिइएको छ । बैदेशिक अनुदानबाट  ५७ अर्ब ९९ करोड ५५ लाख वैदेशिक ऋणबाट २ खर्ब ९८ करोड ५५ लाख बैदेशिक ऋणबाट १ खर्ब ९५ अर्ब रुपैयाँ जुटाउने अर्थमन्त्री खतिवडाले जनाएका छन् । यसलाई धेरै अर्थशास्त्री तथा योजनाविद्ले पुरानै कर्यक्रमको निरन्तरता तिरणमुखी र पपुलिस्ट भनीटिप्पणी गरेका छन् । 

‘पपुलिट बजेट छ । बजेटले कुनै  नीतिगत प्रस्थानको बाटो देखाएको छैन’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले भने ‘पाँच लाख रोजगारी बढाउने भनिएको छ  तर रोजगारी सिर्जना हुने नीति छैन । यो बजेटले अहिलेका चाुनौती सामना गर्न सक्दैन।’ अर्थमन्त्री खतिवडो मभ्यम वर्गीयलाई भने रिझाउन खोजेका छन् । बजेटले वार्षिक चारलाख रुपैयाँसम्मको आय हुनेहरुलाई कर नलाग्ने व्यवस्था गरिदिएको छ । व्यक्तिगत आयकर लाग्ने सीमा गतवर्ष साढे तीन लाख रुपैयाँ थियो । विवाहित व्याक्ति (दम्पती) का हकमा आयकरको सीमा पनि बढेर वार्षिक साढे ४ लाख रुपैयाँ पुगेको छ । आजको कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस