aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
टिप्पणी

आफू लुटिनु अघि नै यसो पो गर्ने हो की ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ साउन २०७७
आफू लुटिनु अघि नै यसो पो गर्ने हो की ?

विश्वभरिका सरकारहरू बिग्रिएको वित्तीय अवस्थाको सामना गरिरहेका छन्। तिनीहरू पैसा छाप्ने र उच्च करहरू मार्फत नगदको जोहो गर्दै छन्। अनि आफ्नो आवश्यकताको एक एक थोपाको लागि तल्लो वर्गलाई निचोरिरहेका छन्। यस्तो सङ्कटमा आम सर्वसाधारणले के गर्ने र आफूलाई आर्थिक रूपमा सुरक्षित राख्ने ? भन्ने विषय महत्त्वपूर्ण बनेको छ किनकि यदि सधैँ चुप लागिरहने हो भने शासक वर्गले सधैँ लुटिरहने छ जबसम्म कोही जीवित रहन्छ।  

तल्लो वर्गलाई चुस्ने प्रवृत्ति अमेरिका, युरोप र तेस्रो विश्वका देशहरूमा अर्थात् विश्वभरि देख्न सकिन्छ । हताश सरकारहरू जसरी पनि पुँजीको आवश्यकता पूर्तिबारे मात्र सोचिरहेका हुन्छन् । त्यसैले यस्तो बेला कुनै सरकार, कुनै बैङ्किङ संस्था वा कुनै लगानी कोषमाथि भरोसा गर्नु पर्दैन। यसो किन भनिएको हो भने अहिलेको सङ्कट सन् २००८ को जस्तो मात्र सङ्कट होइन यो निकै भयङ्कर र निर्मम हुने पक्का छ। 

यसको मतलब यो बेला यदि कसैको निक्षेप जोखिममा पर्‍यो भने त्यो बलिदानीमा परिणत हुन्छ किनकि त्यसको पुन भुक्तानी वा दायित्व बोक्ने क्षमता सबैले गुमाइसकेका हुन्छन्। त्यसैले अब परम्परागत लगानी र सम्पत्ति भण्डार व्यावहारिक नहुन सक्छ। बैकको निक्षेपलाई सुरक्षित मानियो भने त्यो भुल हुनसक्छ। 

अब प्रश्न उठ्छ त्यसो भए के गर्ने त ? यस्तो बेला कसरी भएको गुम्नबाट बचाउने भन्ने तर्फ ध्यान दिनु पर्छ। पहिलो तर जोखिम क्षेत्रबाट आफ्नो सम्पत्तिलाई बाहिर निकाल्नु पर्छ। अनि सुरक्षित क्षेत्र तर्फ त्यसलाई स्थानान्तरण गर्नु पर्छ। यो कुरा बुझु आवश्यक छ कि जुनसुकै सङ्कटमा पनि कहीँ न कहीँ सुरक्षित स्थान हुन्छ त्यसको पहिचान गर्नु आवश्यक छ। अर्को कुरा आफ्नो नियन्त्रणमा रहेको तरलता (नगद) साथमा नै राख्नु पर्छ। यसो गर्दा दुर्भाग्यवश विश्वव्यापी बैङ्कहरू चेतावनी बिना नै बन्द  हुँदा पनि आफूलाई समस्या पर्दैन।  अनि नयाँ र सुरक्षित क्षेत्रमा लगानी गर्न सकियो चाँडै फेरी फर्ममा आउन समेत सहज हुन्छ। 

घर, जग्गा लगायतमा यो बेला लगानी गर्दा उत्पादकत्वमा बृदी त हुँदैन तर सम्पत्ति सुरक्षित भने हुन्छ। अर्को विकल्प भनेको बहुमूल्य धातुहरूमा लगानी गर्नु हो।  सुन, चाँदी, हिरा जस्ता बहुमूल्य धातु किन्नु र त्यसको उत्तम ढङ्गले भण्डारण गर्नु बुद्धिमानी हुन्छ। सङ्कटमा बहुमूल्य धातुहरूको मूल्य सधैँ बढ्छ जुन अहिले हामी देखिरहेका छौँ। 

सङ्क्षेपमा भन्ने हो भने अहिले वास्तवमा नै आर्थिक रूपमा अत्यन्त जोखिमपूर्ण र अनिश्चित अवस्था हो।  मानिसहरूले यो बेला आफ्नो सम्पत्ति कसरी सुरक्षित गर्ने भन्नेबारे गहन रूपमा सोच्नु जरुरी हुन्छ।  सरकारहरू यस्तो सङ्कटमा अत्यन्तै निर्मम भएर प्रस्तुत हुन्छन् भने कर तिर्ने ठुलालाई मात्र हेर्छन्।  सानको सम्पत्तिको रक्षा सरकारको प्राथमिकतामा पर्दैन किनकि सान, गरिब र नहुनेहरूको जीवनको मूल्य नै सरकारले देख्दैन।  

उदाहरणको रूपमा हामी नेपाल सरकारले केही अधि जारी गरेको बजेट र त्यसको लक्ष्य प्राप्तिको लागी हालै सार्वजनिक गरिएको मौद्रिक नीतिलाई हेर्ने हो भने स्पष्ट रूपमा देख्न सकिन्छ कि सरकार सानालाई अलमल्याउने, लोभ देखाउने, जसरी हुन्छ उनीहरूबाट लिने र आफू र आफूलाई जोगाउने ठुला व्यापारी, उद्योगीलाई टिकाउने योजनामा रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस