
भारत। भारतको दिल्लीमा रहेको एम्स अस्पतालमा त्यहाँ विकास गरिएको पहिलो कोरोना खोपको सोमबार (आज) मानवीय परीक्षण सुरू हुँदैछ । एम्स दिल्ली यी १४ वटा संस्थानहरू मध्ये एक हो जुन आईसीएमआरले पहिलो र दोस्रो चरणको परीक्षणको लागि अनुमति दिएको छ।
भ्याक्सिन परीक्षणको पहिलो चरण ३७५ स्वयंसेवकहरूमा हुनेछ। यी मध्ये १०० स्वयंसेवकहरू एम्सबाट आउने छन्। परीक्षणमा स्वस्थ व्यक्तिहरू मात्र समावेश छन्। तिनीहरूको उमेर १८ देखी ५५ उमेर वर्ष बीचको हुनेछ। यी स्वयंसेवकहरू त्यस्ता हुनेछन् जुन कोभिड १९ को संक्रमणमा आएका छैनन्।
एम्सको समितिले परिक्षण गर्न लागिएको खोप कोभाक्सिन (COVAXIN) को पहिलो मानविय परीक्षण अनुमोदन गरेको छ। यसमा सामेल हुन १० हजार भन्दा बढी व्यक्तिहरू मात्र १० घण्टामा आवेदन दिएका थिए। हाललाई दिल्ली-एनसीआरको मात्र दर्ता स्वीकृत हुनेछ।
जब देखि भारत बायोटेकले कोभाक्सिनको नाम घोषणा गर्यो, सबैले एउटा मात्र प्रश्न गरे - यो कोरोना भाइरस खोप कहिले आउँछ? भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) र पुणेको राष्ट्रिय विषाणु विज्ञान संस्थानका वैज्ञानिकहरूले यो खोप निर्माण गर्न भारत बायोटेकसँग नजिकबाट काम गरिरहेका छन्। खोप परीक्षणको सम्बन्धमा आईसीएमआरका रिटायर्ड वैज्ञानिक डा. रमन आर. गंगाखेडकरले कोभ्याक्सिनको जनावरहरूमाथि परिक्षण पुरा भएकोले अब मानव परीक्षा सुरु हुने बताए।
डा. गंगाखेडकरले बताए अनुसार अब मानिसमाथि तीन तहका परीक्षणहरू हुन्छन्। पहिलो चरण: यो खोप सुरक्षित छ वा छैन भनेर हेरिने छ। त्यहीबेला यो पनि हेरिन्छ कि भ्याक्सिनमा एन्टिबडीहरू बने वा बनेनन् पनि हेरिने छ । दोस्रो चरण: यो खोपको कुनै साइड इफेक्ट छैन भनेर यो चरणमा हेरिन्छ। जहाँ एक बर्ष वा ६ महिना भित्र कुनै साइड इफेक्टहरू हुन्छन् वा हुँदैनन् त्यो हेरिन्छ । तेस्रो चरण: यस समयमा यो हेरिन्छ कि खोप दिएपछि सो व्यक्तिमा कोरोना लाग्छ वा लाग्दैन ।
चौथो चरण भने यो प्रक्रियामा छैन। तर त्यो चरणलाई चौथो भनिन्छ जब आम व्यक्तिलाई खोप दिन सुरु हुनेछ। अनि यो हेरिन्छ कि त्यहाँ अर्को दुई बर्षमा कुनै साइड इफेक्टहरू देखिन्छ वा देखिंदैन। यसलाई पोष्ट मार्केटिंग निगरानी भनिन्छ।
डा. गंगाखेडकरले बताए अनुसार अन्य समयमा यस्तो खोपको परीक्षणमा ७ देखि १० बर्ष लाग्यो। कोरोना महामारी द्रुत गतिमा फैलिँदै गएकोले खोप परीक्षणहरूको लागी एक भन्दा आधा देखि दुई वर्ष लाग्नेछ। भारतको भ्याक्सिनको पहिलो चरण अगस्ट १५ सम्ममा सम्पन्न हुनेछ। यसमा एन्टबडीहरू यो खोपले बनाएको हो वा होइन हेर्न सकिन्छ। त्यसपछि त्यहाँ दोस्रो चरणको परीक्षण हुनेछ।
प्रतिक्रिया दिनुहोस