aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

फेरि आयो अढाई दशक अघिको 'आफ्नो गाउँ आफै बनाउँ' अभियान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
फेरि आयो अढाई दशक अघिको 'आफ्नो गाउँ आफै बनाउँ' अभियान

सरकारले साढे दुई दशकअघिको पहिलो कम्युनिस्ट सरकारको लोकप्रिय ‘आफ्नै गाउँ आफैं बनाऔं’ कार्यक्रमलाई रोजगारी सिर्जनामा केन्द्रित गरी ब्युँताएको छ । 

गाउँ निर्माणकेन्द्रित रोजगारी सिर्जनामा प्राथमिकता दिँदै ७ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गर्दै रोजगारीलाई प्राथमिकतामा राखेको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ। 

'स्थानीय तह संगको सहकार्यमा अन्य कार्यक्रम संग दोहोरो नपर्ने गरी आफ्नो गाउँ आफै बनाउँको भवन अनुरुप बिकाश निर्माणको योजना सहित बजेट मिलाएको छु' अर्थमन्त्रीले भने ।

प्रतिक्रिया दिनुहोस