काठमाडौं । नयाँ बजेटले नीजि क्षेत्रलाई आकर्षक प्याकेज ल्याएको छ । बजेटले नेपाललाई अन्तराक्ष्ट्रिय लगानी गन्तव्यको रुपमा स्थापित गर्नेदेखि व्यवसाय दर्ता प्रक्रिया सहज बनाउने लगायत विषय समेटेको छ ।
व्यवस्थापिका संसद्मा बुधबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा राष्ट्रिय पुँजी निर्माणको परिपोषकको रुपमा बाह्य लगानी आकर्षित गर्दै नेपाललाई अन्तर्राष्ट्रिय लगानी गन्तव्यको रुपमा स्थापित गरिने बताए ।
बजेटमा निजी लगानीकर्ताको व्यवसायिक लागत कम गर्न उद्योग तथा व्यवसाय दर्ता प्रक्रिया, पुर्वाधार निर्माण, जग्गा प्राप्ति, कर भुक्तानी, श्रम कानुनको परिपालना तथा विवाद निरुपण प्रणाली सुधार गरिनेछ ।
बौद्धिक सम्पत्तिको संरक्षण र व्यवसायिक करारको कार्यान्वयलाई प्रभावकारी बनाईनेछ । यसले निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्ने उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस