aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

राजीव गान्धीको हत्यामा संलग्न नलिनीले आत्महत्या प्रयास गरिन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ साउन २०७७
राजीव गान्धीको हत्यामा संलग्न नलिनीले आत्महत्या प्रयास गरिन्

एजेन्सी । भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या अभियोगमा दोषी ठहर भइ जेल सजाय काटिरहेकी नलिनी श्रीहरणले आत्महत्याको प्रयास गरेको उनका वकिलले बताएका छन् ।

विगत २९ वर्षदेखि जेलमा रहेकी नलिनीले सोमबार राति आत्महत्याको प्रयास गरेकी हुन् । तमिलनाडूको भेलोरको जेलमा रहेकी नलिनीले आत्महत्याको असफल प्रयास गरेकाले उनको जीवन रक्षाका लागि जेल स्थानान्तरण गरिनु पर्ने माग परिवारको रहेको वकिल पुगालेन्थीले  इन्डिया टूडे टेलिभिजनलाई बताएका छन् ।

जेलमा नलिनी र आजीवन काराबास भोगिरहेका अरु कैदीबिच झगडा हुँदै आएको थियो । सो कुरा अरु कैदीले जेलरसम्म पुर्‍याएपछि नलिनीले आत्महत्याको प्रयास गरेको वकिल पुगालेन्थीले बताएका छन् ।

गान्धीको हत्यामै संलग्न भएको पुष्टि भएपछि नलिनीका श्रीमान मुरुगान पनि जेलमा छन्। मुरुगानले जेलबाट आफूलाई टेलिफोन गरी नलिनीको सुरक्षाका लागि जेल स्थानान्तरण गर्नु पर्ने माग गरेको वकिल पुगालेन्थीले बताएका छन् ।

राजीव गान्धीको हत्यामा अदालतले नलिनी र उनका श्रीमानसहित सातजनालाई दोषी ठहर गरेको थियो। गान्धीको सन् १९९१ को मे २१ मा हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस