aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

आज १२ सय जना नेपाली स्वदेश फर्किंदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ साउन २०७७
आज १२ सय जना नेपाली स्वदेश फर्किंदै

काठमाडौं । आज मंगलबार विभिन्न ७ उडानमार्फत साउदी, कतार र मलेसियाबाट १२ सय जना नेपाली स्वदेश फर्किंदैछन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज साउदीबाट ३, मलेसियाबाट ३ र कतारबाट १ उडान हुनेछन् । साउदीको दमाम र रियादबाट हिमालयन एयरलाइन्सका २ वटा उडानमार्फत २९७ जना नेपाली स्वदेश फर्किनेछन् ।

साउदीकै रियादबाट नेपाल एयरलाइन्सको जहाजले २६० जना नेपाली लिएर आउँदैछन् । यस्तै, मलेसियाबाट २ वटा म्यालिण्डो र एउटा नेपाल एयरलाइन्समार्फत ५०६ जना नेपाली आउँदैछन । यस्तै, कतारबाट हिमालय एयरलाइन्समार्फत १५२ जना स्वदेश फर्किन लागेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस