
भारत । भारतको दिल्ली सरकारले अब कोरोना भाइरसबाट आर्थिक संकटमा परेका आफ्ना नागरिकहरूका लागि घर-घरमै खाद्यान्न पुर्याइदिने भएको छ । अब दिल्लीबासीहरुले समान किन्न पसलसम्म पुगिराख्नु पर्दैन ।
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले डिजिटल प्रेस कन्फरेन्स मार्फत दिएको जानकारी अनुसार केन्द्र सरकारसँग मिलेर राज्य सरकारले गरिबका लागि खाद्यान्न बाँड्ने व्यवस्था गरेको हो । तर, यसरी रासन कार्ड मार्फत गरिबलाई सस्तोमा खाद्यान्न वितरण गर्दा समेत मिसावट र कहिलेकाहीँ महँगो पर्ने गरेको समेत उनले बताए ।
तर, अब भने मुख्यमन्त्री घर-घर राशन योजना अन्तर्गत गहुँ, चामल, आँटा, चिनी आदी सरकारले नै घरमा पुर्याउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस