
वीरगन्ज । बिरगन्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापामारी गरी करिब १९ सय थान आरडीटी कीट बरामद गरेको छ ।
सरकारले आरडीटी मार्फत कोरोनाको परिक्षण नगर्ने निर्णय गरेपनि उक्त निर्णय विपरित चर्को मूल्य असूल्दै अस्पतालले आरडीटी बिधीबाट परिक्षण गर्दै आइरहेको बुभिएको छ । आरडीटी टेस्टको विश्वनियता माथी प्रश्न उठे पछि सबैको पीसीआर विधिबाटै कोरोना टेस्ट गर्ने प्रतिब्धता जनाएको थियो ।
कलेजमा गरिएको आरडीटी टेस्टमा ४ जनालाई कोरोना पोजेटिभ देखिएको थियो । चारै जनालाई पछि पीसीआर टेस्ट गर्दा एकजनालाई पोजेटीभ देखिए पछि कुरा बाहिरयो । त्यही कुरालाई लिएर प्रहरीले छापामारेको हो । छापामारी स्थानिय प्रशासनले भारी मात्रामा १९ थान आरडीटी किट बरामद गरेको छ ।
कलेजमा एक जनामा कोरोना पुष्टि भएपछि अस्पतालको आकस्मिक कक्ष र बिरामी राख्ने कतिपय वार्डहरु बन्द गरी सेनिटाइज गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
यसभन्दा पहिला पनि कलेजमा बाराका एक विरामीको कोरोनाको रिपोर्ट आउनु अघि नै अन्तिम संस्कारका लागि शव दिएपछि कलेज विवादमा तानिएको थियो ।
प्रतिक्रिया दिनुहोस