
काठमाडौं । आज राती १२ बजेदेखि लकडाउन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन मंगलबार मध्यरातदेखि लकडाउन पूर्ण रुपमा हटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन ।
कोरोन भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि पटक पटक थप गर्दै १२० दिन सम्म लम्बिएको लकडाउन अन्त्य गरेको हो ।
सरकारले केहि क्षेत्रहरु भने अझै बन्द रहेने जनाएको छ । शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।
सरकारको निर्णयको पूर्णपाठ
प्रतिक्रिया दिनुहोस