aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
मन्त्री परिषद्को निर्णय

लकडाउन खुल्यो, अझै यी क्षेत्र बन्दै छन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ साउन २०७७
लकडाउन खुल्यो, अझै यी क्षेत्र बन्दै छन्

काठमाडौं । सरकारले भदौ ६ गतेदेखि कोभिड जोखिमलाई न्यूनीकरण गर्न गरिएको लकडाउन खोलेपनि केही क्षेत्रमा भने अझै प्रतिबन्ध लगाएको छ । सिनेमा हल, पार्टी प्यालेस,  डान्सबार तथा मनोरञ्जन स्थल बन्द नै गरेको छ । अझै पनि शैक्षिक संस्था, ट्युसन सेन्टर तथा तालिम केन्द्र बन्द रहने निर्णय सरकारले गरेको छ । सरकारले अझ पनि सबै प्रकारका जात्रा, महोत्सव, सभा सम्मेलन, सकै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार पनि बन्द नै रहको बताएको छ । 

आज सरकारका प्रवक्ता तथा अर्थ एवम् सञ्चारमन्त्री डा. युवराज खतिवडाले आशिक रुपमा डकडाउन खुलेको बताएका हुन् । ‘निजी सवारी साधानमा लागू गरिएको जोर विजोर प्रणाली ६ साउनबाटै हटेको छ भने सरकारी कार्यालय दुई सिफ्टमा चलाउने निर्णय पनि खारेज भएको छ । अब कार्यालयहरु विहान १० बजेदेखि ५ बजेसम्म खुल्नेछन् । अब विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा लिन पाइने भएको छ । 

प्रतिक्रिया दिनुहोस