aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विद्यार्थी भर्ना र परीक्षा भदौ १ देखि गर्न सकिने, अब जोरविजोर प्रणाली हट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ साउन २०७७
विद्यार्थी भर्ना र परीक्षा भदौ १ देखि गर्न सकिने, अब जोरविजोर प्रणाली हट्यो

काठमाडौ । आज राती १२ बजेदेखि लकडाउन खुलेसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान र लामो दूरीको यातायात सेवा भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान र लामो दूरीको यातायात सेवासमेत भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको हो। 

सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुने गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारी कार्यालयहरु अब बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने उनले जानकारी दिए । 

मध्यम तथा लामो दूरीमा जिल्लाभित्र र अन्तर जिल्लामा सञ्चालन हुने गरी निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसमेत भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । त्यस्तै, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षासमेत भदौ १ बाट सञ्चालन गर्न सकिने सरकारका प्रवक्ता डा खतिवडाले जानकारी दिएका छन । 

सरकारले अन्तर्राष्ट्रिय सिमानाबाट नेपाल प्रवेशमा लगाएको रोक कायमै राखेको छ । यसरी प्रवेश गर्ने सबै विन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने यसअघिको निर्णयलाई आगामी साउन ३२ सम्म कायमै राखिएको डा खतिवडाले बताए । 

तर अत्यावश्यक सामग्रीको ढुवानी तथा असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा व्यक्तिका लागि भने तोकिएको विन्दुबाट प्रवेशको व्यवस्था गरिनेछ । सरकारले सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको डा खतिवडाले जानकारी दिए ।


 

प्रतिक्रिया दिनुहोस