aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
मन्त्री परिषद्को निर्णय

सरकारले किन नियुक्त गर्ने भयो १६८२ अस्थायी कर्मचारी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ साउन २०७७
सरकारले किन नियुक्त गर्ने भयो १६८२ अस्थायी कर्मचारी ?

काठमाडौं । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विभिन्न ५० आयोजनामा अस्थायी दरबन्दी नियुक्त गर्ने भएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले यस क्षेत्रको ५० वटा आयोजनामा राजपत्रांकित  श्रेणीका विभिन्न पदमा ३ सय ६७ जना अस्थायी दरवन्दी नियुक्त गर्ने निर्णय गरेको हो ।

आव २०७७/७८ मा उक्त आयोजनालाई आवश्यक पर्ने कर्मचारी दरबन्दी स्वीकृत गर्ने निर्णय  गरिएको सरकारका प्रवक्ता तथा अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् । 

त्यस्तै सरकारले खानेपानी मन्त्रालय अन्तर्गतको सञ्चालित १५ वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू र अन्य १२ वटा आयोजनाहरूमा पनि २ सय २३ अस्थायी दरबन्दी भर्ना गर्ने भएको छ । मन्त्रालयद्वारा सञ्चालित खानेपानी र ढल निकासका आयोजनामा उक्त दरबन्दी स्वीकृत गर्ने निर्णय मन्त्री परिषद्ले गरेको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक तथा रेल विभागअन्तर्गत सञ्चालन हुने ५२ वटा आयोजनामा ३ सय ७७ जना अस्थायी कर्मचारी नियुक्त गर्ने निर्णय पनि मन्त्री परिषद्ले गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमका लागि राजपत्रांकित अधिकृत वा सो सरहका पदमा ७ सय १५ जना नियुक्त अस्थायी दरबन्दी नियुक्त गर्ने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस