काठमाडौं । रक्सीको मातमा एक शिक्षकले छात्रामाथि अनैतिक क्रियाकलाप परेका छन् । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका २ कालीदेवि माथि घर्तिछाप कुपिन्टारका शिक्षकले छात्रामाथि अनैतिक क्रियाकलाप गरेका हुन् । घटना भएको ६ दिनपछि छात्राहरुले प्रहरीमा जाहेरी दिएका छन् ।
विद्यालय पोसाकमै जिल्ला प्रहरी कार्यालय आइपुगेका कुपिन्टारका छात्राहरुले दुई जना शिक्षकहरुले यौन हर्कत गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् ।
प्रधानध्यापकसहित विद्यार्थी र उनका आफन्तहरु गएर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । उजुरीपछि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएको छ । ‘अनुसन्धानका लागि पीडित छात्रालाई सेफ हाउस र आरोपित शिक्षकलाई हिरासतमा राखेका छौँ ।’ प्रहरीले भने । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस