
एजेन्सी । विश्वको सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले नयाँ सफलता कीर्तिमान कामय गरेका छन । उनले एकै दिनमा कुल सम्पत्ति रेकर्ड १३ बिलियन डलर बढाएर अर्को विश्व कीर्तिमान कामय गरेका हुन ।
जेफ बेजोस अमेरिकी ई-कमर्स कम्पनी अमेजनका संस्थापक हुन्। सोमबार, अमेजनको स्टक करिब ८ प्रतिशतले बढेको छ । यसका कारण जेफ बेजोसको सम्पत्तिमा रेकर्ड वृद्धि छ ।
ब्लूमबर्गका अनुसार जेफ बेजोसको सम्पत्तीको बारेमा विवरण देख्न सकिन्छ । यस वेबसाइटले संसारभरिका अर्बपतिहरूको सम्पत्ति मूल्यांकन गर्दछ। यो वेबसाइट २०१२ मा शुरू भएको थियो। ब्लूमबर्गका अनुसार कुनै व्यक्तिको सम्पत्ति एक दिनमा मात्र बढेको यो पहिलो घटाना भएको उल्लेख छ ।
अनलाइन शपिंग विश्वव्यापी कोरोना संक्रमणको कारण वृद्धिमा नै छ । धेरै देशहरूमा शपिंग सेन्टर वा मल या त बन्द छ वा सामान्य स्तरमा मात्र चलिरहेका छन। जहाँ पसल वा शपिंग मल र केन्द्रहरू पनि खुला छन्, मानिसहरू भीडमा जानदेखि डराइरहेका छन्। यही कारण मानिस अनलाइन शपिंगमा केन्द्रीत भइरहेका छन ।, जुन अमेजनलाई फाइदै पुगिरहेको छ । यस समयमा अमेजन विश्वका अधिकांश देशहरूमा सेवा पु¥याइरहेको छ ।
जेफ बेजोसको कुल सम्पत्ति १८९ बिलियन अर्ब डलरको छ । जेफ बेजोसपछि बिल गेट्स ११८ अर्ब डलरको साथ दोस्रो स्थानमा छन । त्यस्तै, तेस्रो स्थानमा बर्नार्ड अर्नाल्ट र चौथो स्थानमा मार्क जुकरबर्ग छन् ।
प्रतिक्रिया दिनुहोस