aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

धोबीखोलामा वातावरण मैत्री अत्याधुनिक दुई पार्क बन्दै, काम गर्नुस् पैसाको चिन्ता नगर्नुसः मेयर शाक्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ साउन २०७७
धोबीखोलामा वातावरण मैत्री अत्याधुनिक दुई पार्क बन्दै, काम गर्नुस् पैसाको चिन्ता नगर्नुसः मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं–५ हाँडीगाउँस्थित धोबी खोलामा नजिक रहेको ३६ रोपनी जमिनमा दुई वटा पार्क निर्माण हुने भएको छ । आज बिहान महानगरपालिक वडा नं.–का वडा अध्यक्ष रमेश डंगोलले उक्त स्थानमा महानगर र नरबुद्ध पार्क बनाउन लागेको बताए । ‘उक्त स्थानमा साढे ८ रोपनी जग्गामा नरबुद्ध पार्क बन्ने छ भने ८ रोपनी जग्गामा महानगरपार्क बनाउन योजना अघि सारिएको छ,’ उनले भने ‘अब हामी फाइनल डिजाइन गरेर पार्क निर्माण कार्य अघि बढाउछौं ।’ आज बिहान राजधानीमा एक कार्यक्रम आयोजना गरेर पार्कको अवधारणा प्रस्तुत गरिएको हो । 

भत्केको पुलदेखि कालोपुलसम्मको सो जमिनमा बन्न लागेको ग्रीनरी पार्क इको फेन्डी हुनेछ । दुई पार्कमध्य नरबुद्ध पार्कको डिजाइन बनिसेकेको छ भने महानगर पार्कको  प्रारम्भिक डिजाइन आज प्रस्तुत गरिएको हो । उक्त दुबै पार्कको लागि अहिले महानगरले १÷१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्र थप ३० वटा पार्क निर्माण लागेको बताए । उनले भने ‘तपाईहरू काम गर्नुस्, पैसाको चिन्ता नगर्नुस् ।’ अहिले महानगरले दिएको रकम अनुमानमा दिएको हो, पार्कको फाइनस डिजाइन सकिए आवश्यक बजेट महानगरले विनियोजन गर्नेछ । स्थानीय तहमा निर्माण गरिने सम्पदा निर्माण होस या अन्य कुनै कार्यमा विवाद रहित ढंगबाट कार्य गर्न पनि उनले सल्लाह दिए । नरबुद्ध विहार पार्क निर्माण टेण्डर प्रक्रियाद्वारा लैजाने हो भने महानगरपार्क  भने जनसहभागितामा निर्माण हुने मेयर शाक्यले बताए ।

अध्यक्ष डंगोलले सबै उमेर समूहलाई ध्यानमा राखेर वातावरणमैत्री आधुनिक पार्क निर्माण गर्न लागेको बताए ।  

प्रतिक्रिया दिनुहोस