
चीन विरुद्ध विश्वव्यापी घेराबन्दी परिचालन द्रुत गतिमा बढिरहेको छ। अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले मङ्गलवार अमेरिकाले चीन विरुद्ध वैश्विक गठबन्धन गठन गर्न चाहेको घोषणा नै गरे। पोम्पीओले चीनलाई कोरोना भाइरस महामारीको अवसरलाई दुरुपयोग गरिरहेको आरोप लगाएका हुन्।
यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई मुख्य प्रतिद्वन्द्वी भनिसकेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोना भाइरस महामारीको बारेमा जानकारी लुकाएको आरोप उनले लगाउँदै आएका छन् । ट्रम्पले कोरोना महामारीलाई 'चिनियाँ प्लेग' भन्दै आएका छन्। अमेरिका चीनले गरेको व्यापारप्रति निकै नै नाराज छ।
लन्डन भ्रमणमा रहेका पोम्पीओले बेलायती प्रधानमन्त्री बोरिस जोनसनले चिनियाँ कम्पनी हुवावेलाई फाइभ जी नेटवर्कमा प्रतिबन्ध लगाउने निर्णयको प्रशंसा गरे। पोम्पीओले भने कि यो एकदम सहि कदम हो किनभने बेलायतको सबै डाटा चिनियाँ कम्युनिष्ट पार्टीको हातमा जान सक्छ।
पोम्पीओले चीनका बारेमा आक्रामक टिप्पणी गरे। उनले, 'भने चीनले समुद्र कब्जा गर्यो, हिमालयन देशहरूलाई धम्की दियो, कोरोना भाइरस महामारीको लाभ लियो र महामारीको बेला अत्यन्त लाजमर्दो तरिकाले आफ्नो हित रक्षा गरिरहेको छ।'
बेलायतका विदेश मन्त्री डोमिनिक राबसँगै पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भने, "हामी आशा गर्दछौँ कि हामी यस खतरालाई बुझ्ने गठबन्धनको निर्माण गर्छौँ र चिनियाँ कम्युनिस्ट पार्टीलाई सबक सिकाउन सक्छौँ। हामी चाहन्छौँ कि प्रजातन्त्र र स्वतन्त्रता बुझ्ने हरेक देशले चिनियाँ कम्युनिस्ट पार्टी उनीहरूलाई कत्ति ठुलो खतरा हो भन्ने बुझ्न सकोस् ।" तर, पोम्पीओले कसरी चीनले कोरोना भाइरस महामारीको लाभ लियो त्यो भने खुलाएनन्।
कोरोना भाइरस महामारी र हंगकंगको बारेमा बेलायत चीन विरुद्ध कडा रूपमा अडिग छ। विश्लेषकहरूको भनाइ छ कि बोरिस जोन्सनको चीन विरोधी अडानलाई अझ मजबुत बनाउन र सो बापत स्वतन्त्र व्यापार सम्झौताको बारेमा छलफल गर्न पोम्पीले बेलायत भ्रमण गरेका हुन्। पोम्पीओले व्यापार सम्झौता चाँडै हुनेछ।
चीनले भने पश्चिमी देशहरू विशेषगरी अमेरिकाले चीन विरोधी प्रचारका लागी प्रलोभन बाँडेको बताउँदै आएको छ। उनीहरूले चीनप्रति औपनिवेशिक दृष्टिकोण राखेका छन् । चीनको अर्थव्यवस्था १५ ट्रिलियन डलर हो, जुन बेलायतको अर्थतन्त्रको पाँच गुणा बढी हो ।
चीनले चिनियाँ कम्पनी हुवावेसँगको सम्झौता रद्द गर्ने निर्णयले बेलायतको अर्थव्यवस्थामा चोट पुर्याउने जनाएको छ। बेलायतका चिनियाँ राजदूतले भनेका छन्, 'हामी संयुक्त राज्यसँग जस्तालाई त्यस्तैको रणनीति अनुसरण गर्न चाहँदैनौँ।'
प्रतिक्रिया दिनुहोस