aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अमेरिकी सभामुखले कोरोनालाई भनिन् 'ट्रम्प भाइरस'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ साउन २०७७
अमेरिकी सभामुखले कोरोनालाई भनिन् 'ट्रम्प भाइरस'

एजेन्सी। अमेरिकी संसद्को तल्लो सदन अर्थात् अमेरिकी प्रतिनिधि सभाकी सभामुख तथा वरिष्ठ डेमोक्रेट नेता न्यान्सी पेलोसीले कोरोना भाइरसलाई 'ट्रम्प भाइरस' भनेकी छिन् ।

महामारी सङ्कटलाई ठिकसँग व्यवहार नगरेकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्दा उनले यो कुरा भनेकी हुन् । न्यान्सी पेलोसीको यो भनाइ ट्रम्पले मानिसहरूलाई अनुहारको मास्क लगाउन अपिल गर्दै र अवस्था अझ राम्रो हुनु अगावै झन् खराब हुनसक्ने चेतावनी दिएपछि आएको हो।

सीएनएनसँग कुरा गर्दै पेलोसीले भनिन्, "आज राष्ट्रपतिको भनाई सुनेपछि उनले आफ्नो गल्ती स्वीकारेको देखिन्छ। मास्क लगाएर र मास्क लगाउन अपिल गरेर, उनले यो रोग अफवाह होइन भनेर स्वीकार गरे। यो महामारी कम हुनु भन्दा पहिले झन् खराब हुँदै गयो किनकि यस सम्बन्धमा कुनै कारबाही गरिएको छैन। ”

उनले भनिन्, "वास्तवमा यो ट्रम्प भाइरस हो।"  स्मरण रहोस्, राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चीनियाँ भाइरस भन्दै आएका थिए। 

प्रतिक्रिया दिनुहोस