aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सचिव विवादले मन्त्रालयको काम ठप्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
सचिव विवादले मन्त्रालयको काम ठप्प

काठमाडौं । दुई सचिवको विवादका कारण प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयको काम अस्तव्यस्त बनेको छ । भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले हस्तक्षेप गरेपछि पदस्थापनलाई लिएर दुई सचिवबीच विवाद बढेको हो । सचिव नियाज वारिस र पुष्करनाथ घिमिरेबीचको विवाद बढ्दै गएपछि मन्त्रालयको कामकाज ठप्प भएको हो । 

२८ फागुनमा मन्त्रिपरिषद्ले उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयका सहसचिव नियाज वारिसलाई प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयको सचिवमा सरुवा गरेको थियो । १२ चैत्रमा सामान्य प्रशासन मन्त्रालयले सचिव वारिसलाई प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा भएको भन्दै पत्र पठाएको थियो । 

२० चैत्रमा सचिव वारिसले सम्बन्धित मन्त्रालयबाट रमानापत्र लिई २३ चैत्रमा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा हाजिर भएका थिए । वारिस वारिस आएपछि पाँच महिनाभन्दा लामो समयदेखि मन्त्रालयमा काजमा रहेका सचिव पुष्करनाथ घिमिरेले विभिन्न बहाना बनाएर वारिसलाई जिम्मेवारी हस्तान्तरण गर्न पन्छिएका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस