aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

नेपालको पाम तेल उद्योग सङ्कटमा पर्दा भारतीय हर्षित !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ साउन २०७७
नेपालको पाम तेल उद्योग सङ्कटमा पर्दा भारतीय हर्षित !

नेपालको पाम आयल उद्योगहरू सङ्कटमा परेको घटनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत स्थान पाएको छ । नेपालको वैदेशिक व्यापार घाटालाई कम गर्न विगत केही वर्षदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएको यो उद्योगको सङ्कटले राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने देखिन्छ।  

नेपालका पाम तेल उत्पादक कम्पनीको नोक्सानी र भारतले लिएको नयाँ नीतिबारे रोयट्रसले आफ्नो समाचारमा लेखेको छ- भारतले विगतमा ३९ वटा तेल आयात कम्पनीको इजाजत पत्र खारेज गरिदिएको छ जसको कारण छिमेकी मुलुकबाट आउने डिउटी फ्री आयात पूर्णरुपमा बन्द भएको छ। समाचारमा अगाडी लेखिएको छ यसको सबैभन्दा बढी असर नेपालमा परेको छ किनकि त्यहाँको पाम तेल उद्योगहरू पूर्ण रूपमा भरमा हुने निर्यातमा निर्भर छन् । 

भारतीय सञ्चार माध्यम आजतकले नेपालले भारतसँगको सम्बन्ध बिगारेको कारण पनि नेपालका उद्योग सङ्कटमा परेको उल्लेख गरेको छ।  विगतमा नेपालले २१ हजार टनसम्म कच्चा पाम आयल आयात गर्दै आएकोमा अहिले सो मात्रा घटेर ७ हजार टनमा  सीमित भएको जनाएको छ। नेपालमा अहिले ७० हजार टन कच्चा पाम आयल रहेको समेत सो समाचारमा छ। 
   
स्मरण रहोस्, नेपालबाट पाम आयल आयात भएको कारण स्वदेशी रिफाइनरी उद्योग सङ्कटमा परेको भन्दै त्यहाँका उद्योगीले नेपालबाट हुने आयात रोक्न सरकारसँग माग गरेका थिए। पछि काश्मीर मामिलाका कारण मलेसियासँग समेत भारतको सम्बन्ध बिगरिएपछी भारतमा पाम तेलको आयातमा कडाइ गरिएको हो।  नेपाली उद्योगी यसबाट मारमा परेपछि सरकारको पहलमा केही समय अघि सुचारु गरिएको पाम तेलको निर्यातमा फेरी समस्या देखिएको हो।  

प्रतिक्रिया दिनुहोस