aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अब विदेशिएका युवाले बैंकमार्फत रेमिट्यान्स पठाउनुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
अब विदेशिएका युवाले बैंकमार्फत रेमिट्यान्स पठाउनुपर्ने

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका युवाले बैंकिङ च्यानलमार्फत स्वदेशमा रकम पठाउनुपर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेको आथिएक वर्ष २०७६/७७ को बजेटमा वैदेशिक रोजगारीमा रहेका युवाले बैंकमार्फत रेमिट्यान्स पठाउने व्यवस्था मिलाइने घोषणा गरे । 

ठूला संख्यामा युवा वैदेशिक रोजगारीमा जाँदासमेत रेमिट्यान्समा खासै वृद्धि हुन नसकेपछि सरकारले उक्त व्यवस्था गर्न लागको हो । वैदेशिक रोजगारीमा रहेका ठूलो संख्याका युवाले हुण्डीमार्फत रकम पठाउने गरेको धेरैको अनुमान भइरहेको बेला सरकारले त्यस्तो तयारी गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस