aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अब भने चीनले अमेरिकालाई गतिलो जवाफ दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ साउन २०७७
अब भने चीनले अमेरिकालाई गतिलो जवाफ दिने

चीनको विदेश मन्त्रालयले अमेरिकाको ह्युस्टनमा चिनियाँ वाणिज्य दूतावास बन्द गर्न भनिएकोमा कडा शब्दमा निन्दा गरेको छ। चीनले यो घटनालाई एक लापरवाहपूर्ण र खतरनाक कदम भनेको छ। यसले विश्वको दुई ठुला अर्थतन्त्रहरू बिचको तनावलाई अझै भड्काउने समेत चीनले जनाएको छ ।

'अमेरिकाले अचानक चीनलाई ह्युस्टनमा रहेको आफ्नो वाणिज्य दूतावास बन्द गर्न भन्यो। यो चीनको विरुद्ध अमेरिकी पक्षले गरेको एकपक्षीय राजनैतिक उत्तेजना हो।' चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनवीनले बुधवार अगाडी भनेका छन्, ' यो अन्तर्राष्ट्रिय कानुनको गम्भीर उलङ्घन हो र चीन-अमेरिका बिचको सम्बन्धलाईलाई कमजोर पार्न जानाजानी गरिएको प्रयास हो।'

चिनियाँ पक्षले यस कदमको कडा शब्दमा निन्दा गरेको छ। र, अमेरिकालाई आफ्नो गल्ती तुरुन्त सुधार गर्न आग्रह गरेको छ। 'अन्यथा, चीनले वैधानिक र आवश्यक प्रतिक्रिया गर्नेछ', प्रवक्ताले भनेका छन् ।

उनले अमेरिकाले आक्रमण गर्दै चीनको विरुद्ध अभियानहरू सुरु गरिरहेको बताए। प्रवक्ताले भने कि ह्युस्टनमा चीनलाई आफ्नो वाणिज्य दूतावास बन्द गर्न आदेश दिनु चाइना विरुद्धको चालमा अभूतपूर्व वृद्धि हो।

अक्टोबर २०१९ र जून २०२० मा अमेरिकी पक्षले अमेरिकामा चिनियाँ कूटनीतिक कर्मचारीहरूलाई अवरोध पुर्‍याएको चीनले जनाएको छ। धेरै पटक चिनियाँ कूटनीतिक ब्यागहरू गोप्य ढङ्गले खोल्ने गरिएको र र चिनियाँको आधिकारिक आपूर्ति जफत गरेको प्रवक्ताले आरोप लगाएका छन्।

प्रवक्ताले भनेका छन् कि अमेरिकाले हालसालै कलङ्क र घृणा जगाउने कार्य गरेको र परिणामस्वरूप अमेरिकामा चिनियाँ कूटनीतिक नियोग र कर्मचारीहरू विरुद्ध बम हान्ने र मार्ने धम्की दिइएको छ ।

ह्युस्टनको कन्सुलेट जनरल अमेरिकामा स्थापना भएको पहिलो चिनियाँ वाणिज्य दूतावास हो। अब चीनले हंगकंगमा अमेरिकी वाणिज्य दूतावास बन्द गर्ने जस्ता कदम चालेर प्रतिकार गर्न सक्छ।

चिनियाँ पर्यवेक्षकहरूले यो कदमलाई “अभूतपूर्व” पनि भनेका छन्।  उनीहरूले यसले दुई देशहरूबिच कूटनीतिक सम्बन्धमा ठुलो भूकम्प उत्पन्न हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस