
एजेन्सी। विश्व स्वास्थ्य सङ्गठनले अमेरिकी विदेश सचिव माइक पोम्पीओको आरोपलाई कडा जवाफ दिएको छ। उनले कोरोना महामारीको विरुद्ध लड्ने विश्व स्वास्थ्य सङ्गठनको प्रयासको आलोचना गरेका थिए।
माइक पोम्पीओ अहिले विशेष वार्ताका लागि बेलायत भ्रमणमा छन्। मङ्गलवार राती उनले लन्डनमा भने कि विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर टेड्रस एड्नम गेब्रियलसलाई चीनमा 'ल्याइयो' जसले गर्दा उनले बेलायतीहरूको ज्यान लिएका छन् ।
यसको जवाफमा, विश्व स्वास्थ्य सङ्गठनले आज जेनेभामा एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, "डब्ल्यूएचओलाई त्यस्तो कुनै कुराको बारेमा जानकारी छैन तर हामी त्यस्तो व्यक्तिगत आक्रमण र निराधार आरोपहरूलाई पूर्ण रूपमा खारेज गर्दछौँ। डब्ल्यूएचओ सबै देशलाई महामारीसँग लड्न ध्यान केन्द्रित गर्न अपिल गर्दछ ताकि मानिसहरूको दुःखद मृत्यु नहोस् ।"
बिबिसीले जेनेभा संवाददातालाई उदृत गर्दै उल्लेख गरेको छ, 'माइकल पोम्पीओको भनाइको कारण विश्व स्वास्थ्य सङ्गठनमा ठुलो चिन्ता थपिएको छ। तर, डब्ल्यूएचओ यस विषयमा थप कुरा गर्न हिचकिचाउँछ किनकि विवाद बढ्न नपाओस् ।'
विश्व स्वास्थ्य सङ्गठन अमेरिका र चीन बिचको विवादको निशाना भएकोमा पनि आक्रोशित छ। डब्ल्यूएचओको विचारमा अमेरिका र चीनबिचको तनाव दुई देशबिचको आपसी कारण (व्यापार विवाद र कोरोना सङ्कट) को कारणले हो न कि विश्व स्वास्थ्य सङ्गठनको कारणले हो।
यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि विश्व स्वास्थ्य सङ्गठनको धेरै पटक आलोचना गरेका छन्। उनले अमेरिकालाई डब्ल्यूएचओबाट पनि अलग गराएका छन् र यसलाई चीनको पिछलग्गु भनेका छन्।
प्रतिक्रिया दिनुहोस