aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अमेरिकाले लगायो चीनलाई फेरी अर्को चोरीको आरोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ साउन २०७७
अमेरिकाले लगायो चीनलाई फेरी अर्को चोरीको आरोप

एजेन्सी।  अमेरिकी कानुन मन्त्रालयले चीनलाई कोभिड-१९ को खोप उत्पादन गर्ने ल्याबहरूलाई लक्षित गर्न ह्याकरहरूलाई प्रायोजित गरेको आरोप लगाएको छ।

अभियोजकहरूले भनेका छन् कि जनवरीमा बायो टेक फर्मको जासुस गरिएको थियो जहाँ कोभिड १९ लाई खोप निर्माणको प्रयास भइरहेको थियो। एक हप्ता भित्र नै ह्याकरहरूले कोभिड १९ मा अनुसन्धानको तयारीमा मेरिल्यान्डको कम्पनीमा आक्रमण गरे।

अमेरिकी अधिकारीहरूले भने कि यी केही निजी ह्याकरहरू हुन् जसले चिनियाँ गुप्तचर एजेन्सीहरू र चीनको राज्य सुरक्षा मन्त्रालयका अधिकारीहरूले समय-समयमा तिनीहरूलाई मद्दत गर्ने गरेका छन्।

गत हप्ता बेलायत, अमेरिका र क्यानडाले रुसलाई पनि कोभिड १९ सम्बन्धी अनुसन्धान सामग्री चोरी गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस