aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

पेरुका पूर्वराष्ट्रपति पक्राउ परेपछि आत्महत्या

  • बुधबार, ०४ बैशाख २०७६
पेरुका पूर्वराष्ट्रपति पक्राउ परेपछि आत्महत्या

 पेरुका पूर्वराष्ट्रपति अलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गर्नुभएको छ । आफ्नै घरमा उहाँले बुधबार आफ्नै टाउकामा आफँैले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उहाँमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा उहाँले आत्महत्या गरेको उहाँका वकिल र अस्पतालका अधिकारीहरुले जनाएका छन् । घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो । पोष्टमार्टम गर्दा उहाँको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकहरुले जानकारी दिएका छन् । 

गार्सियाका वकिल इरास्मो रेयनाले अस्पताल परिसरमा पत्रकारहरुसँग भन्नुभयो, “यो बिहान एउटा नराम्रो घटना भयो, राष्ट्रपतिले आफँैले आफँैलाई गोली प्रहार गर्ने अनौठो र अति अप्रिय निर्णय लिनुभयो ।” एफपी

प्रतिक्रिया दिनुहोस