aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मोदीलाई बधाई दिन प्रधानमन्त्री ओली भारत जादैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
मोदीलाई बधाई दिन प्रधानमन्त्री ओली भारत जादैं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भारत भ्रमणमा जादैंछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पदभार ग्रहण समारोहमा भाग लिन ओली नयाँ दिल्ली जान लागेका हुन् । ओली आज दिउँसो १ः३५ बजे नयाँ दिल्ली जान लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

ओली आज साँझ ७ बजे मोदीको सपथग्रहण समारोहमा सहभागि हुनेछन् । मोदीसँग द्विपक्षीय वार्तापछि ओली शुक्रबार स्वदेश फर्किनेछन् । मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुलाई पनि बोलाइएको छ । तर, पाकिस्तानका प्रधानमन्त्रीलाई भने बोलाइएको छैन ।

यसअघि मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा दक्षिण एसियाली मुलुकका सरकार प्रमुखलाई बोलाइएको थियो । त्यसबेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस