aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

आफ्नै श्रीमतीलाई मट्टीतेल छर्की आगो लगाउने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ साउन २०७७
आफ्नै श्रीमतीलाई मट्टीतेल छर्की आगो लगाउने पक्राउ

सप्तरी । आफ्नै २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्की आगो लगाएको अभियोगमा सुरुङ्गा नगरपालिका–३ दौलतपुर बस्ने २९ वर्षीय दिपेन सदालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
 
सदाले आफ्नै श्रीमतीलाई आगो लगाई घाइते बनाएको प्रहरीले जनाएको छ । लक्ष्मीपुर र ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई सप्तऋषि अस्पताल लाहान हुँदै थप उपचारको धरान घोपातर्फ लगिएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस