aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

मालपोत कर छुट गर्ने नगरपालिकाकाे निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ साउन २०७७
मालपोत कर छुट गर्ने नगरपालिकाकाे निर्णय

चाैतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को मालपोत कर छुट गर्ने निर्णय गरेको छ । जनता कोरोना भाइरसको मारमा रहेको जनाई नगरपालिकाले कर छुट गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले गरेको कर छुटका लागि यसअघिको कर तिरेको हुनुपर्ने नगर प्रमुख अमानसिं तामाडले बताए । 

व्यवसाय, सम्पत्ति र  घर अभिलेखीकरणसम्बन्धी कर असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा बुझाएमा विलम्ब शुल्क नलाग्ने भएको छ । 

घर अभिलेखीकरणसम्बन्धी कर सो समयमा नबुझाए पुससम्म दोब्बर लाग्नेसमेत निर्णय गरिएको छ । पुसपछि घर अभिलेखीकरणबन्द हुनेसमेत जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस